
समाचार संक्षिप्त
समीक्षित रूपमा तयार।
- नेकपा एमालेले तानसेन नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको छ।
- बैठकले जेठ ३ गते मदनआश्रित स्मृति दिवसमा नगर अधिवेशन गर्ने र तीन महिनाभित्र सबै वडाको अधिवेशन गर्ने निर्णय गरेको छ।
- ठाकुर गैह्रैले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए र वडा अध्यक्षहरूले निर्वाचनबारे वडागत ब्रिफिङ गरेका थिए।
३ चैत, पाल्पा । नेकपा एमालेले तानसेन नगर कमिटी विघटन गरेको छ । मंगलबार बसेको बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षा बैठकमा कार्यकर्ताको रोजाइअनुसार चुस्त र दक्ष कमिटी बनाउन अहिलेका कमिटीहरू विघटन गरिएको अध्यक्ष गुरास आत्रेयले जानकारी दिए ।
बैठकले आगामी जेठ ३ गते मदनआश्रित स्मृति दिवसको दिन नगरको अधिवेशन गर्ने र ३ महिनाभित्र सबै वडाको वडा कमिटी अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा एमाले तर्फका उम्मेदवार बनेका ठाकुर गैह्रैले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । आजको बैठकमा वडा कमिटीका अध्यक्षहरूले निर्वाचनबारे वडागत ब्रिफिङ दिएका थिए ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));






