Skip to main content

बाँकेमा महिलाको हत्या आरोपमा एकजना पक्राउ

३ चैत, बाँके । बाँकेको बैजनाथ गाउँपालिका–५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

वादविवादकै क्रममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनी घटनास्थलमै मृत्यु भएको समाचार प्रहरीलाई प्राप्त भएको थियो।

घटनासम्बन्धी जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।