Skip to main content

चीनले अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन आह्वान गर्‍यो

समाचार सारांश

संपादकीय रूपमा समीक्षा गरिएको।

  • चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन र संयमता अपनाउन आग्रह गरेको छ।
  • चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वार्ताको माध्यामबाट युद्धविराम गर्न दुवै पक्षलाई भनेका छन्।
  • चीनले अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने बताएको छ।

चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन र संयमता अपनाउन आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलवार यस्तो आह्वान गरेका हुन्। जियानले जति सक्दो छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न पनि दुवै पक्षलाई आग्रह गरेका छन्।

हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरूसँगको साक्षात्कारमा उनले यस्तो बताएका हुन्।

अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूको समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए।

चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे। चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));