‘शार्क ट्यांक नेपाल’ दोस्रो सिजनको आवेदन खुले, ५० करोड लगानी संकलन गर्ने लक्ष्य

समाचार सारांश
संपादकीय समीक्षा पश्चात तयार।
- विश्व प्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्यांक’ नेपालमा दोस्रो सिजन सुरु हुँदैछ।
- हिमालय टेलिभिजनले दोस्रो सिजनका लागि आवेदन खुला गरेको छ र न्यूनतम एउटा ब्यालेन्स-सीट कर कार्यालयमा पेश गरिएको हुनुपर्ने शर्त राखेको छ।
- पहिलो सिजनमा ८० उद्यमीको आइडिया प्रसारण भएको थियो र ३५ करोड रुपैयाँ लगानी भएको थियो भने दोस्रो सिजनमा ५० करोड रुपैयाँ लगानी जुटाउने लक्ष्य राखिएको छ।
काठमाडौं । विश्व प्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्यांक’ नेपालमा दोस्रो सिजन सुरु हुँदैछ। पहिलो सिजनको सफलता पछि हिमालय टेलिभिजनले दोस्रो सिजनको तयारी तीव्र पारेको छ।
नयाँ सिजनमा आफ्नो व्यवसायिक आइडिया प्रस्तुत गर्न चाहने उद्यमीहरूको लागि आवेदन खुला गरिएको छ। इच्छुक उद्यमीहरूले हिमालय टेलिभिजनको आधिकारिक वेबसाइटमार्फत आवेदन फाराम भरेर पठाउन सक्नेछन्।
आवेदक नेपाली नागरिक हुनु पर्ने, नेपालमा व्यवसाय दर्ता भएको र कम्तीमा एउटा बैलेन्स-सीट कर कार्यालयमा पेश गरिएको हुनुपर्ने शर्त हिमालय टेलिभिजनले राखेको छ।
आवेदकहरूको स्क्रिनिङ प्रक्रिया दुई हप्ता भित्र सम्पन्न भएपछि बैशाख महिनामा सुटिङको तालिका तय गरिएको छ भनी हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए।
पहिलो सिजनमा करिब ८० उद्यमीहरूको व्यवसायिक आइडिया प्रस्तुत गरिएको थियो र करिब ३५ करोड रुपैयाँ लगानी भएको थियो। यस सिजनमा ५० करोड रुपैयाँ लगानी जुटाउने लक्ष्य राखिएको कार्यकारी निर्देशक कडेलले बताए।







