
समाचार सारांश
समीक्षा गरिएको।
- डोल्पाको मुड्केचुला गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा चालक सनमान रोकायोको मृत्यु भएको छ।
- दुर्घटना मंगलबार साँझ करिब ५:१८ बजे काङ्ग्रे खोलास्थित कच्ची सडक खण्डमा भएको थियो।
- बा १७ च ३९७० नम्बरको जिप अनियन्त्रित भई ३०–४० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
३ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको मुड्केचुला गाउँपालिका–३ अन्तर्गत काङ्ग्रे खोलास्थित भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा सोही पालिकाको भोटगाउँ घर भई हाल रुकुम पश्चिमको त्रिवेणी बस्दै आएका २३ वर्षीय सनमान रोकायोको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मंगलबार साँझ करिब ५:१८ बजे खर्क गाउँदेखि रुकुम पश्चिमको त्रिवेणी तर्फ जाँदै गरेको बा १७ च ३९७० नम्बरको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–४० मिटर तल खोलामा खसेको थियो।
प्रहरीका अनुसार जिपमा चालक मात्र थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));






