Skip to main content

थीआ : चन्द्रमा बन्ने क्रममा पृथ्वीले खाएको हुन सक्ने रहस्यमय ग्रह


ग्रह ठोकिएको चित्रण गर्ने एक कलाकारको परिकल्पना

तस्बिर स्रोत, Getty Images/Mark Garlick

अर्कोचोटि पूर्णचन्द्र हेरेर मक्ख पर्दा कृपया एक पटक ‘थीआ’ पनि सम्झनुहोस्।

झन्डै साढेर चार अर्ब वर्षअघि पृथ्वीसँग बज्रिएको भन्ठानिएको एउटा काल्पनिक ग्रहलाई वैज्ञानिकहरूले ‘थीआ’ नाम दिएका हुन्।

उक्त भीषण घटनापश्चात् उछिट्टिएका टुक्राटाक्री नै पछि गएर चन्द्रमा बनेको ठानिएको छ।

यो विश्वासअनुसार थीआको ‘बलिदान’ नभएको भए हाम्रो प्राकृतिक उपग्रह चन्द्रमाको उत्पत्ति नै हुने थिएन र तपाईँले पनि यो लेख पढ्न पाउनुहुने थिएन।

एउटा ‘भीषण’ ठक्कर

प्रारम्भिक कालको पृथ्वी तथा करिब मङ्गल ग्रहजत्रो पिण्डबीच ‘भीषण’ ठक्कर भएको वैज्ञानिकहरूले ठानेका छन्। त्यो घटनापछि उछिट्टिएका टुक्राहरू बिस्तारै जम्मा भएर नयाँ चन्द्रमा बनेको हुन सक्ने उनीहरूको आकलन छ। ठानेका छन्।





Source link