
समाचार सारांश
समीक्षा गरि तयार पारिएको।
- एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को अन्तर्राष्ट्रिय समिति्ले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न सरकारलाई पहल गर्न अनुरोध गरेको छ।
- एएनओको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर नेपाली मूलका नागरिकलाई परिचय पत्र प्रदान गर्न एवं त्रिभुवन विमानस्थलमा अलग डेस्कको व्यवस्था गर्न माग गरेको छ।
- परराष्ट्रमन्त्री शर्माले एएनओका मागहरू राष्ट्रहितका लागि गम्भीरतापूर्वक सुनुवाई गरी विस्तृत बैठक गरेर निर्णय गर्ने आश्वासन दिएका छन्।
३ चैत, काठमाडौं । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को अन्तर्राष्ट्रिय समितिले विश्वभरका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्ने विषयमा सरकारले पहल गर्न ध्यानाकर्षण गराएको छ ।
विश्वभर फैलिएका नेपाली मूलका जनसमूहहरूको संगठन एएनओको अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
एएनओका अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष सुशील पन्त, महासचिव चुडामणि भट्टराई, नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले विश्वभरका पुस्तौँदेखिका नेपाली मूलका नागरिकलाई परिचय पत्र उपलब्ध गराउने र त्रिभुवन विमानस्थलको आगमन भागमा अलग डेस्क स्थापना गर्न माग गरेको छ।
साथै पूर्वी नेपालका विभिन्न शिविरहरूमा बाँकी लगभग ७ हजार भुटानी शरणार्थीको मानवअधिकार र मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापनको माग पनि प्रतिनिधिमण्डलले समावेश गरेको छ।
नेपाल बाहेकका देशहरूमा पनि नेपाली पहिचान विस्तार गर्न सहयोग गरिरहेको बताउँदै, एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपाल सरकार समर्थन जुटाएमा नेपालको वार्षिक बजेटभन्दा ठूलो लगानी देशभित्र ल्याउन सकिने जानकारी दिएका छन्।
वरिष्ठ अधिवक्ता तथा एएनओका उपाध्यक्ष सुशीलकुमार पन्तले नेपाली मन र नेपालीपनलाई जोड्दै एएनओको यात्रा अघि बढेको उल्लेख गर्दै सरकारले यस विषयलाई राष्ट्रहितका लागि गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले एएनओका मागहरू नेपालको पहिचान विस्तारमा सहयोगी भएकाले सम्बन्धित निकायहरूलाई समेटेर छिट्टै विस्तृत बैठक गरी निर्णयमा पुग्ने आश्वासन दिए।
स्वयं सैनिक सेवामा हुँदा पुस्तौंअघिदेखिका नेपाली मूलका मानिसलाई भेट्ने अवसर पाएको अनुभव सुनाउँदै मन्त्री शर्माले उनीहरुलाई पुर्ख्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));






