Skip to main content

नेपाल निर्वाचन २०८२: रास्वपालाई भारत, चीन र अमेरिकासँग सम्बन्ध अघि बढाउन केके चुनौती


झापामा निर्वाचनमा विजय हासिल गरेपछि निर्वाचन आयोगका पदाधिकारीबाट प्राप्त प्रमाणपत्र देखाउँदै बालेन शाह

तस्बिर स्रोत, Reuters

राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुखले आफ्नो दलले सरकारको नेतृत्व लिएपछि विदेश नीतिमा तत्कालै ठूलो फेलबदल नहुने भन्दै नेपालले असंलग्नताको नीतिलाई कायमै राख्ने बताएका छन्।

अघिल्लो साता सम्पन्न प्रतिनिधिसभामार्फत् उक्त दल प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरेर झन्डै दुईतिहाइ बहुमतको नजिक पुग्ने देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका बालेन्द्र शाहले चुनावी अभियानका क्रममा विदेश मामिलाका आफ्ना प्राथामिकताबारे खासै चर्चा गरेका छैनन्।

तर रास्वपाले आफ्नो चुनावी वाचापत्रमा ‘सन्तुलित र गतिशील कुटनीति अवलम्बन’ गर्ने र भारत र चीनबीचको ‘गतिशील पुलका रूपमा नेपाललाई रूपान्तरण’ गर्ने प्रतिबद्धता जनाएको थियो।

नेपालको भूराजनीतिक मामिलाबारेका टिप्पणी गर्ने एक लेखकले विगत केही दशकदेखि सत्तामा रहेका पुराना नेताहरू विस्थापित भएसँगै नयाँ शिराबाट कूटनीतिक सम्बन्ध सञ्चालन गर्ने अवसर नयाँ सरकारलाई हुने बताएका छन्।





Source link