Skip to main content

दिल्लीस्थित भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

समाचार सारांश

समीक्षा गरी तयार गरिएको।

  • दिल्लीस्थित एक घरमा बिहान ७ बजेतिर आगलागी हुँदा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ।
  • आगलागीको सूचना पाएपछि ३० वटा दमकल घटनास्थलमा पठाइएको थियो।
  • दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दुःख व्यक्त गरेकी छिन् ।

भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ।

पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार आगलागीको खबर पाउँदै ३० वटा दमकल घटनास्थलमा पठाइएको थियो।

घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँतल्लामा कस्मेटिक्स पसल रहेको र माथिल्लो तल्लामा मानिसहरू बस्थे।

तर, घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने बारे पूर्ण जानकारी नपाइएको जनाइएको छ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गरेकी छन् भने आम आदमी पार्टीका संसदीय सदस्य सञ्जय सिंहले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका छन्।