Skip to main content

काबुलस्थित लागुपदार्थ दुर्व्यसन उपचार केन्द्रमा घातक हवाई हमला, पाकिस्तानमाथि आरोप

काबुलस्थित क्षतिग्रस्त पुनर्स्थापना केन्द्रको भग्नावशेषमा हिँड्दै एक व्यक्ति

तस्बिर स्रोत, Reuters

अफगानिस्तानको राजधानी काबुलमा लागुपदार्थ दुर्व्यसनहरूको उपचार गर्ने एक केन्द्रमा हवाई हमलाले दर्जनौँ मानिसहरु मारिएकाे तालिबान सरकारले जनाएको छ। अफगानी पक्षले उक्त हमलाको दोष पाकिस्तानमा लगाएको छ।

तालिबान सरकारका एक प्रवक्ताले सोमबार साँझ काबुलस्थित उक्त केन्द्रमा घातक हमला भएको बताएका छन्।

पाकिस्तानले कुनै पनि स्वास्थ्य सेवास्थलमा हमला नभएको र आफूले केवल “सैन्यस्थल र आतंकवादमा समर्थन गर्ने संरचनालाई निसाना बनाएको” दाबी गरेको छ।

बीबीसीले आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो अझै निभेको थिएन र ३० भन्दा बढी शव स्ट्रेचरमा राखी निकास गरिएको देखियो।

उक्त केन्द्रका अधिकारीहरूका अनुसार आक्रमणअघि त्यहाँ लगभग २,००० जनाको उपचार भइरहेकी थिई। उनीहरूले सयौं मानिस घाइते वा मारिएका हुन सक्ने अनुमान गरेको उल्लेख गरेका छन्।