Skip to main content

रेसुङ्गा क्षेत्रको लालीगुराँस संरक्षणका लागि नगरपालिकाको आह्वान

समाचार सारांश

संपादकीय समीक्षा पश्चात तयार।

  • रेसुङ्गा नगरपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्य संरक्षण गर्न सबैलाई आग्रह गरेको छ।
  • नगरपालिकाका प्रमुख प्रशासक अधिकृत बाबुराम पल्लीले आगन्तुकहरूले लालीगुराँस र अन्य वनस्पतिमा हानी पुर्याउने बढ्दो समस्या औँल्याएका छन्।
  • नगरपालिकाले धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व कायम राख्न नागरिक र पर्यटकलाई संरक्षणमा सहयोग गर्न अपिल गरेको छ।

४ चैत, गुल्मी । रेसुङ्गा नगरपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्यलाई जोगाउन सबैमा अनुरोध गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासक अधिकृत बाबुराम पल्लीले जारी गरेको सूचनामा पछिल्लो समयमा विभिन्न क्षेत्रबाट भ्रमणमा आउने आगन्तुक र पर्यटकहरूले रेसुङ्गा क्षेत्रका लालीगुराँस लगायत वनस्पतिहरूमा क्षति पुर्‍याउने कार्य बढेको गुनासो आएको उल्लेख गरेका छन् ।

यसले क्षेत्रको प्राकृतिक सुन्दरतामा कमी आएको साथै वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव परेको बताइएको छ ।

नगरपालिकाले यस्तो कार्य नगर्न सबै नागरिक र पर्यटकहरूलाई अपिल गर्दै रेसुङ्गाको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व संरक्षण गर्न सहयोग गर्न आग्रह गरेको छ।

यस सम्बन्धमा सरोकारवाला निकाय र सर्वसाधारणबाट समेत संरक्षणमा सहयोग अपेक्षा गरिएको छ। अहिले रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय रूपमा परिणत भएको छ, जसले गर्दा विभिन्न ठाउँहरूबाट मानिसहरू रेसुङ्गा आउने गरेका छन्।