Skip to main content

नयाँ सांसदहरूलाई स्वागत गर्न पर्खिरहेको संसद्का कुर्सीहरू (तस्बिरहरू)

समाचार सारांश

OK AI द्वारा तयार पारिएको। सम्पादकीय समीक्षा गरिसकिएको।

  • भोलि समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरिनेछ र निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन बुझाउने छ।
  • फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते सिंहदरबारभित्र अस्थायी हलमा हुनेछ।
  • सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन पूर्ण नभएकाले शपथ ग्रहणको लागि कुर्सी, बत्ती र माइक जडानको काम भइरहेको छ।

४ चैत, काठमाडौं। भोलि (बिहीबार) समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र प्रदान गरिनेछ। सोही दिन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन पनि बुझाउनेछ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाका निर्वाचित सांसदहरूको शपथ चैत १२ गते लिनु पर्नेछ।

सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा समाप्त भएको छैन। नयाँ संसद् भवनले पूर्णता नपाउँदा अस्थायी हल तयार पारेर शपथ ग्रहण गराइँदैछ।

हाल संसद् सचिवालयले हलमा कुर्सीहरू मिलाउने, बत्ती तथा माइक जडान गर्ने काम गरिरहेको जनाएको छ।

भदौ २३ र २४ गते भएको जनजीवन आन्दोलनको क्रममा पुरानो संघीय संसद् भवन पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यसपछि शपथ ग्रहणको लागि सिंहदरबारभित्रै वैकल्पिक व्यवस्था मिलाइएको हो।