
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन् । बुधवार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उपसभापति अर्यालले समवेदना व्यक्त गरेका हुन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । त्यसयता ओली गुण्डुस्थित निवासमा अशौच बसेका छन् ।






