Skip to main content

कांग्रेसको ‘संकटकाल’ अझै टरेको छैन

आन्तरिक द्वन्द्व, विशेष महाधिवेशनबाट गरिएको नेतृत्व परिवर्तन र २१ फागुनको निर्वाचनमा पार्टीले भोगेको पराजयका कारण कांग्रेसभित्रको ‘संकटकाल’ अझै जारी रहेको देखिन्छ। यस संकटको समाधान आउँदो महाधिवेशनले गर्ने अपेक्षा गरिएको छ, तर वैशाख महिनामा यसको आयोजना हुने नहुने कुरामा अझै टुंगो छैन।