Skip to main content

इरानी शासन व्यवस्था ‘स्थिर तर कमजोर’ : अमेरिकी गुप्तचर प्रमुख तुल्सी ग्याबर्ड

अमेरिकी कङ्ग्रेसमा एफबीआईका निर्देशक क्याश पटेल, डीआऐइका निर्देशक लेफ्टिनन्ट जेनरल जेम्स एडम्स, न्याश्नल इन्टेलिजन्सकी निर्देशक तुल्सी ग्याबर्ड, सेनाका लेफ्टिनन्ट जेनरल विलिअम हार्ट्मन र सेन्ट्रल इन्टेलिजन्स एजेन्सीका निर्देशक जोन र्‍याट्क्लिफ

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ४ मिनेट

संयुक्त राज्य अमेरिकाको गुप्तचर निकायको नेतृत्व गर्ने वरिष्ठ अधिकारीले इरानी शासन व्यवस्था “स्थिर” रहेको तर “धेरै कमजोर” भइसकेको बताएका छन्।

अमेरिकी कङ्ग्रेसको एक संसदीय सुनुवाइमा न्याश्नल इंटेलिजन्सकी निर्देशक तुल्सी ग्याबर्ड र अन्य वरिष्ठ ट्रम्प प्रशासनका अधिकारीहरूले विश्वभरिका खतराहरू सम्बन्धमा विवरण दिएका थिए। उक्त सुनुवाइ बुधबार सम्पन्न भयो।

गत महिनाको अन्त्यतिर सुरु भएको युद्धपछि अमेरिकी अधिकारीहरूले गुप्तचर विषयमा सार्वजनिक रुपमा पहिलो पटक जानकारी दिएका हुन्। सुनुवाइ अघि प्रतिआतङ्कवाद सम्बन्धि अमेरिकी निकायकी प्रमुखले इरानबाट “यस समय तत्काल खतरा नभएको” बताउँदै राजीनामा दिएका थिए।

ग्याबर्डले भनिन्, अमेरिकाले ‘स्ट्रेट अफ होर्मुज’ मा समस्या आउने आशंका पहिले नै गरिसकेको थियो। उनले अमेरिकाको जासुसी गतिविधिहरूको संयोजन सम्हालिरहेकी छिन्।

“गुप्तचर समुदायले इरानको शासन व्यवस्था स्थिर रहेको तर नेतृत्त्व र सैन्य शक्तिमा चोइट भएका कारण अत्यन्त कमजोर भएको निष्कर्ष निकालेको छ,” उनले बताइन्।