
समाचार सारांश
Generated by OK AI. Editorially reviewed.
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताएकी छिन्।
- उनी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्न जोड दिइन्।
- सांसद कुँवरले सबै क्षेत्रलाई बराबर रुपमा हेर्नु राज्यको दायित्व भएको उल्लेख गरिन्।
५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताएकी छन् ।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभाका समानुपातिक सांसदहरुलाई शपथ ग्रहण गराइएको थियो ।
शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसप्रकारको टिप्पणी गरेकी हुन् ।
उनी लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
उनका अनुसार सबै क्षेत्रलाई समान रूपमा हेर्नु राज्यको दायित्व हो ।
‘हामी समग्र देशको लागि के आवश्यक छ भनेर बजेट र विकास विनियोजन गर्छौं । लुम्बिनी प्रदेशमात्र होइन, कर्णाली, सुदूरपश्चिमलगायत पिछडिएका क्षेत्रमा पनि आफ्नो सम्भावनालाई लिएर अगाडि बढ्नुपर्छ । सबैलाई बराबर रुपमा हेर्नुपर्छ,’ सांसद कुँवरले भनिन् ।






