Skip to main content

संसद्‌मा आधा कुर्सीहरू किन खाली छन्?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूले आफ्नो मूल जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले आधा जति कुर्सीहरू खाली रहेको र सभामुखले यस सम्बन्धमा विचार गर्नुपर्ने बताए। २९ वैशाख, काठमाडौं।

साम्पाङले बुधबार प्रतिनिधिसभाको बैठकमा भने, ‘आज पनि यहाँ आधा जति कुर्सीहरू खाली छन्। यो सदनमा आउन चाहनेले आउँछन् र नचाहनेले नआएपनि हुन्छ भन्ने स्थिति उचित होइन। सभामुखज्यूले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नु होला।’