भारतीय सरकारविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म फैलिएको ‘कक्रोच’ आन्दोलन

बेरोजगार युवालाई ‘कक्रोच’ भनिएको टिप्पणीपछि सुरु भएको कक्रोच जनता पार्टीले भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेको छ। अमेरिकाबाट फर्किएका संस्थापक अभिजित दीपकेको नेतृत्वमा नयाँ दिल्लीको जन्तरमन्तरमा भएको आन्दोलनमा हजारौं विद्यार्थी र युवाहरू सहभागी भएका छन्। प्रश्नपत्र चुहावटविरुद्ध भएको सो प्रदर्शनमा अभियन्ता सोनाम वाङचुक, अभिनेता प्रकाश राज र विभिन्न राजनीतिक दलहरूले एकता जनाएका छन्।
२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) को सुरुआत एउटा व्यंग्यबाट भएको हो। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले एक सुनुवाईका क्रममा बेरोजगार युवाहरुलाई ‘कक्रोच’ तथा ‘परजीवी’ भनेर अभद्र टिप्पणी गरेका थिए। त्यसको प्रतीकात्मक विरोध स्वरूप अमेरिकामा अध्ययनरत् अभिजित दीपकेले मे १६ मा ‘एक्स’ मा गुगल फर्ममार्फत ‘कक्रोच जनता पार्टी (सीजेपी)’ को नामले एक आह्वान गरे। उनले त्यो नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी) जस्तै सुनिने गरी बनाएका थिए। यो आह्वान प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणी आए दोस्रो दिनमा मात्र भएको थियो।
दीपकेको आह्वान ज्वालामुखीझैँ फैलियो र चार दिन भित्र सीजेपीका एक लाख ६० हजारभन्दा बढी सदस्य र इन्स्टाग्राममा २० लाख फलोअर्स भए। सामान्य व्यंग्यबाट सुरु गरिएको यस सामाजिक सञ्जाल अभियानले विस्तारै प्रतिरोधको रूप लियो। अमेरिकामा अध्ययनरत दीपके यसै हप्तै भारत फर्कने घोषणा गरे। त्यतिबेला भारतमा ‘नीट’ परीक्षाको पेपर चुहावटको विषय तीव्र गतिमा उठिरहेको थियो। सीजेपीले त्यो घटनालाई आधार बनाएर सामाजिक सञ्जालबाट सडकमा आन्दोलन गर्ने घोषणा गर्यो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दीपके अमेरिकाबाट स्वदेश फर्किएर प्रदर्शन गर्ने तयारीमा थिए। उनले सडक प्रदर्शनको मिति जुन ६ तोकेका थिए।
तर जुन ५ सम्म पनि शिक्षा मन्त्री प्रधानले राजीनामा नदिएका बेला लद्दाखका शिक्षा तथा वातावरण अभियन्ता सोनाम वाङचुकले पनि सीजेपीको प्रदर्शनमा सहभागी हुने घोषणा गरे। त्यसपछि प्रधानले राजीनामा दिए। पूर्व घोषणा अनुसार आज बिहान साढे सात बजे दीपके नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। उनका हातमा बाबासाहेब भीम राव अम्बेडकरको आत्मकथाको पुस्तक थियो, जो भारतीय संविधान निर्माता थिए। दीपकेले त्यो पुस्तक मिडियासामु देखाए।
दिल्ली विमानस्थलको व्यस्त वातावरणमा दीपकेको स्वागत गर्दा असामान्य दृश्य देखियो। त्यहाँ जम्मा भएका पत्रकारले उनलाई ‘काला हिट’ भन्दै जिस्काएका थिए। ‘काला हिट’ गोडरेज कम्पनीले लामखुट्टे, झिङ्गा र अन्य उड्ने किराहरू मार्न प्रयोग गर्ने ‘एरोसोल इन्सेक्टिसाइड’ हो। यसको तौलमा पत्रकारहरूले सीजेपीका संस्थापकलाई ‘काला हिट’ उपनाम दिएका हुन्। त्यसपछि उनी प्रदर्शनको अनुमति माग्न संसद मार्गस्थित प्रहरी थाना गएका जहाँ पुलिसले अनुमति दिए।
प्रदर्शनकारीहरू जन्तरमन्तरमा भेला हुन थाले। राजधानीमा सुरक्षा कडा पारिएको थियो। जन्तर–मन्तर वरिपरि ब्यारिकेड राखिएका थिए र एक हजारभन्दा बढी प्रहरी अधिकारी तैनाथ थिए। दीपकेको घरमाथि पनि सुरक्षा कडा थियो। महाराष्ट्रको छत्रपति सम्भाजीनगरमा रहेको उनको घरमा जिल्ला प्रहरी उप–आयुक्त पंकज अतुलकरले आवश्यक परे थप जनशक्ति खटाउने तयारीमा रहेको बताए। दीपकेका आमाबुबा घरमा थिएनन्।
प्रदर्शनकारीहरूबीच केही शंका देखियो – दीपकेलाई एयरपोर्टमा नै पक्राउ गरिने डर थियो। तर त्यस्तो केही भएन। बिहानदेखि नै जन्तरमन्तरमा प्रदर्शनकारीहरू भेला भए। त्रिपुराबाट आएकी माधवी विश्वास बिहान ६ बजेसम्म आइपुगेकी थिइन्। आर्थिक अभाव रहेका उनी चन्दा संकलन गरेर दिल्लीसम्म आइन्। उनी भारतको शिक्षा क्षेत्रमा सुधारको माग गर्न आएको बताइन्। उनका छोराले अर्को वर्ष ‘नीट’ परीक्षा दिने भएपछि यो आन्दोलनमा सहभागी भइन्।
शनिबारको प्रदर्शनमा १६ वर्षका स्कुलका विद्यार्थी तथा अभिभावकहरू पनि थिए। धेरैले कक्रोचको कागजी मास्क लगाएका थिए र हातमा फूल बोकेको थियो। संयोजक दीपके बिहान ११ बजे प्रदर्शन स्थलमा पुगे जहाँ उनको उपस्थिति देखेर भिडमा उत्साह थपियो। उनले शिक्षा मन्त्री प्रधानको राजीनामा माग गर्दै आएको कुरा बताए र उनलाई ‘निर्लज्ज’ भने। साथै उनले सीजेपीको सामाजिक सञ्जाल अकाउन्ट ह्याक हुँदै पोस्ट मेटिएको आरोप पनि लगाए।
दीपकेले बताए, ‘तपाईंहरूले हाम्रा पोस्ट मेट्न सक्नुहुन्छ, तर हामीलाई हटाउन सक्नुहुन्न। यो देशका युवाहरू बिकेका छैनन्। छात्र/छात्राहरू बिकेका छैनन्।’ उनले दिल्ली विमानस्थलमा आफ्नो स्वतन्त्रताको अन्तिम क्षण हुनसक्ने पनि सोचिरहेको उल्लेख गरे। ‘म यसका लागि आफ्नो स्वतन्त्रता बलिदान गर्न तयार थिएँ।’
दिउँसो पर्यावरण अभियन्ता सोनाम वाङचुक जन्तर–मन्तर तर्फ हातमा गुलाफको फूल लिएर आएका थिए। दीपकेले प्रदर्शनमा शान्तिको प्रतीकका रूपमा फूल बोकेर आउन अपील गरेका थिए। वाङचुकले भने, ‘अगर दीपकेलाई पक्राउ गरियो भने म छ हप्ता अनसन बस्नेछु।’ तर यस्तो अप्रिय घटना भएन।
दिल्ली विश्वविद्यालयका छात्र सिर्जनले आफ्नो अनुभव सुनाए कि ‘सीयूईटी’ परीक्षामा अङ्ग्रेजी पेपरको लागि दिइएको समय १० मिनेट मात्र थियो जुन अस्वभाविक थियो। उनका कारण भर्ना हुन कठिनाइ भयो। उनले सरकार र शिक्षा मन्त्रीको कडा आलोचना गरे। बिहारबाट आएका प्रदर्शनकारीले पनि परीक्षा व्यवस्थामा असन्तुष्टि जनाउँदै शिक्षा मन्त्री तुरुन्तै राजीनामा दिनुपर्ने माग गरे।
प्रदर्शनमा ‘वी आस्क्ड फर मेक इन इन्डिया, यू गेभ अस लिक इन इन्डिया’ लेखिएको प्लेकार्ड पनि देखियो। यस आन्दोलनले राजनीतिक समर्थन पनि पाउन थालेको छ। एनसीपी एसपी का महासचिवदेखि विधायक रोहित पवारले सीजेपीलाई समर्थन दिए। शिवसेनाका उद्धव ठाकरेले पनि यसलाई पूर्ण समर्थन जनाए। शिवसेना नेता सञ्जय राउतले युवाहरूको विद्रोहलाई अनदेखी नगर्न सरकारलाई चेतावनी दिए।
अभियन्ता वाङचुक, अभिनेता प्रकाश राज र प्रसिद्ध युट्युबर ध्रुव राठीले पनि प्रदर्शनमा एकता जनाए र सुरक्षित रहन सुझाव दिएका छन्। सोचिए अनुसार, सडक आन्दोलनमा २२ मिलियन मानिस सामाजिक सञ्जालमा जोडिएका छन्। तथापि, सार्वजनिक उपस्थितिमा मात्र ठूलो खाडल देखिन्छ।
आन्दोलनमा सहभागी साइकोलोजी ग्राजुएट आदित्यले भने, ‘सोसल मिडियामा हामी धेरै कुरा गर्छौं तर ग्राउन्डमा वास्तविकता के छ हेर्न आएका हौँ। अब यो आन्दोलन निर्णायक हुनुपर्छ।’ त्रिपुरा, बिहार, हरियाणा, र मुम्बईबाट आएका मानिसहरूको उपस्थितिले आन्दोलन सञ्जालबाट सडकसम्म फैलिइरहेको छ। आदित्यले यो संकेत गर्दै परिवर्तन सुनिश्चित गर्नुपर्ने बताए।
युवाहरूको माग मात्र मन्त्रीको राजीनामामा सीमित छैन। त्यसैले युवा देखि ज्येष्ठ नागरिकसम्मका मानिसहरू सहभागी थिए। एक वृद्ध प्रदर्शनकारीले भने, ‘जहाँ प्रणाली सडेको छ त्यहाँ सडेका कुराहरू खान कक्रोच आउनै पर्छ। हामी त्यही सडेको प्रणालीका सडेगलेका कुरा खान आएका हौँ।’ यसैबाट स्पष्ट हुन्छ आन्दोलन केवल युवा तक सीमित छैन।
भारतमा असन्तुष्टि बढ्नुको पछाडि लामो पृष्ठभूमि छ। विगत १२ वर्षमा झण्डै ९४ हजार सरकारी विद्यालय बन्द भएका छन्, निजी विद्यालयहरूको शुल्क बढ्दै गएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको कार्यकालमा ७० भन्दा बढी प्रश्नपत्र चुहिसकेका छन्। नीट, एसएससी, जीडी, यूपीएसआई, यूपी लेखपाल जस्ता परीक्षा प्रणालीमा प्रश्न उठिरहेका छन्।
जन्तर–मन्तरमा उठाइएका नाराले भारतको जातीय राजनीतिमा पनि चोट पुर्याएका छन्। सीजेपी संस्थापक दीपकेले भारतको वर्तमान राजनीतिलाई ‘हिन्दू-मुस्लिम फुटाऊ र राज गर’ मा आधारित रहेको उल्लेख गरे। प्रदर्शनमा ‘हिन्दू-मुस्लिम राजनीति बन्द गर’ जस्ता नाराहरू पनि सुनिए। धार्मिक विभाजनबाट थाकेका युवाहरू वास्तविक मुद्दामा ध्यान चाहन्छन् भन्ने स्पष्ट संकेत देखिन्छ।
यद्यपि आन्दोलन मुख्य रूपमा शान्तिपूर्ण थियो, बीचमा थोरै तनाव पनि देखा पर्यो। प्रहरीले दुई समूहबीच टकराव रोक्न ६ जनालाई नियन्त्रणमा लिए। संयोजक दीपकेले समर्थकहरूलाई बारम्बार आफ्ना मोबाइलबाट रेकर्ड गर्ने आग्रह गरे ताकि गलत आरोप नलगाउन सकियोस्।






