Skip to main content

श्वासप्रस्वासको चक्र के हो र राम्रो स्वास्थ्यका लागि यसको रेखदेख हामी कसरी गर्न सक्छौँ

हरियो र गुलाफी रङको लुगा लगाएकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एक पटकमा नाकको एउटा प्वालले मात्र सास फेर्छ भन्ने तपाईँलाई थाहा छ?

दिनमा कैयौँ पटक हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालले पालैपालो सास तान्ने र फाल्ने काम गरिरहेका हुन्छन्।

यसलाई ‘नासिका चक्र’ भनिन्छ र यसले हाम्रो नाकको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

रुघा लागेको बेला वा एलर्जी भएका बेला नाक बन्द भएर सास लिन र छाड्न मुस्किल पर्छ।

तर त्यस्तो विरामी नपरेको बेलामा पनि तपाईँले लामो सास तान्दा याद गर्नु भएको होला नाकको एउटा प्वालबाट मात्र हावा भित्र प्रवेश गरेको हुन्छ।

तर यो आत्तिनु पर्ने कुरा होइन तपाईँ जे अनुभव गरिरहनुभएको छ त्यो वास्तवमा एक स्वाभाविक शारीरिक प्रक्रिया हो।