Skip to main content

नेपाल निर्वाचन २०८२ केपी ओली: अब एमाले अध्यक्षले राजीनामा दिन्छन् कि पार्टीको नेतृत्वमै बस्छन्


केपी शर्मा ओली, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

पढ्ने समय: ७ मिनेट

प्रतिनिधिसभा निर्वाचनमा दलले बेहोरेको हारलाई ‘गम्भीर धक्का’ भन्दै नेकपा एमालेका नेताहरूले मतपरिणाम समीक्षाका क्रममा समग्र पार्टीको पुनर्गठनबारे छलफल हुने र आवश्यक परे नेतृत्व परिवर्तनबारे पनि विचार गरिने बताएका छन्।

प्रत्यक्ष प्रणालीतर्फको अहिलेसम्मको परिणाम र समानुपातिक मततर्फ प्राप्त अनुपातले एमाले तेस्रो स्थानमा खुम्चिने निश्चित देखिन्छ। जेन जी आन्दोलनपछि विकसित घटनाक्रममाझ पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा सहभागी भएको एमालेले प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये सात वटामा जितेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ।

झापा ५ मा ओली काठमाण्डूका पूर्वमेअर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनबाट ५०,००० भन्दा बढीको फराकिलो मतान्तरले पराजित भएका छन्।

प्रत्यक्ष प्रणालीतर्फ झन्डै १२५ सीटमा विजयी भएको रास्वपा दुईतिहाइ बहुमतको निकट पुग्न सक्ने आकलन कतिपय विज्ञहरूले गरेका छन्। यद्यपि समानुपातिक मतको प्रतिशतले त्यसको छिनोफानो गर्ने छ।

एमालेका कैयौँ शीर्ष नेताहरू पनि फाल्गुन २१ गते भएको निर्वाचनमा नराम्रोसँग पराजित भएका छन्। अहिले एमालेभित्र निर्वाचनको परिणामबारे “निर्मम समीक्षा” गर्नुपर्ने आवाज उठ्न थालेको छ।





Source link

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ