
नेपाल निर्वाचन २०८२: रास्वपालाई प्रत्यक्षतर्फ १२० सीट, समानुपातिकतर्फ जारी मतगणनामा पनि झन्डै ५० प्रतिशत
कर्णालीवासीले यस पटकको निर्वाचनमा यस अघि राष्ट्रिय
राजनीतिमा प्रभाव राख्दै आएका सबै दललाई प्रतिनिधिसभामा
प्रतिनिधित्व गराएर पठाएका छन्।
नेपाली कांग्रेस, नेकपा
एमाले, नेपाली कम्युनिस्ट पार्टी,
राष्ट्रिय
स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर प्रतिनिधिसभामा पठाएका
हुन्।
कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी पाँच सीट जित्नै नेपाली कांग्रेस पहिलो दल भएको छ।
देशैभरि नराम्रो पराजय भोगेको कांग्रेसलाई कर्णालीवासीले ठूलो दल बनाएर प्रतिनिधिसभामा पठाएका छन्।
देशैभरि राम्रो नतिजा ल्याउन नसकिरहेको नेकपा ४ सीट
जितेर दोस्रो भएको छ भने एमाले, रास्वपा र राप्रपाले एक/एक सीटमा पाएका छन्।
अघिल्लो चुनावमा कर्णालीमा खाली हात रहेको एमालेले
दैलेख क्षेत्र नं २ र रास्वपाले सुर्खेत क्षेत्र नं २ कांग्रेसबाट खोसेका छन्।
कांग्रेसले सुर्खेत क्षेत्र नं २ र दैलेख क्षेत्र
नं २ गुमाए पनि सुर्खेत क्षेत्र नं १ र मुगुमा जित कायम राख्दै दैलेख क्षेत्र नं १, हुम्ला, जाजरकोटमा जित हासिल गर्न सफल भएको छ।
नेपाली कम्युनिस्ट पार्टीले जाजरकोट गुमाए पनि
रुकुम पश्चिम, कालिकोट, सल्यान
र डोल्पामा भने जित कायमै राखेको छ।
राप्रपाले जुम्लामा जित दोहोर्याएर आफ्नो
इतिहास कायम राखेको छ। संसदीय इतिहासमा यसअघि कुनै पनि व्यक्तिले जुम्लामा दोहोर्याएर चुनाव
जितेको रेकर्ड थिएन उक्त कीर्तिमान यसपालि तोडिएको स्थानीय जानकारहरूले बताएका छन्।
कहाँ कसले जिते
कांग्रेसः सुर्खेत क्षेत्र नं १ – विष्णुबहादुर खड्का
दैलेख क्षेत्र नं १ – बासना थापा
जाजरकोट –
खड्कबहादुर बूढा
हुम्ला –
जयपति रोकाय
मुगु –
खड्गबहादुर शाही
नेकपा:
कालिकोट – महेन्द्रबहादुर शाही
डोल्पा –
धनबहादुर बुढा
रुकुम पश्चिम –
गोपाल शर्मा
सल्यान –
रमेशकुमार मल्ल
रास्वपा:
सुर्खेत २ – रमेशकुमार सापकोटा
एमाले:
दैलेख २ – लक्ष्मीप्रसाद पोखरेल
राप्रपा:
जुम्ला – ज्ञानबहादुर शाही