Skip to main content

नेपाल निर्वाचन २०८२ः रवि-बालेनप्रति प्रकट मतपेटिकाको मोहसँग जोडिएका ती घुम्तीहरू


बालेन शाह र रवि लामिछाने

तस्बिर स्रोत, Kamal Sargam Chaulagain

प्राध्यापक पीताम्बर शर्मालाई यो आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राम्रो नतिजा ल्याउँछ भन्ने अनुमान थियो तर उनी भन्छन् “प्रमुख दल, त्यसमा पनि नेपाली कांग्रेसलाई समेत बढारिदेला भन्ने चिताएको थिइनँ।”

रास्वपाले एक्लै स्पष्ट बहुमत प्राप्त गर्नसक्ने हालसम्मको नतिजाको रूझानले दिएको सङ्केततर्फ उनको भनाइ लक्षित थियो।

“त्यसैले स्थापित मुख्य राजनीतिक दलहरूसँग जनता वाक्क दिक्क भइसकेका थिए भन्ने पहिलो सन्देश चुनावले दिएको छ,” राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शर्मा भन्छन्, “विकल्पमा जनताले रास्वपाप्रति ठूलो आशा र भरोसा प्रकट गरेका छन्।”

विगतभन्दा फरक यो चुनावी सरकारमा प्रमुख दलहरूको उपस्थिति थिएन। तर स्थानीय र प्रदेश सरकारमा उनीहरूकै हालीमुहाली छ। जहाँ रास्वपा छँदै छैन।

विघटित संसद्मा उसको २१ सिट मात्र थियो। तर पनि स्थापना भएको चार वर्ष नबित्दै रास्वपाले कसरी यति ठूलो फड्को मार्‍यो? यसका पछाडि पाँच वटा राजनीतिक घुम्तीहरू जोडिएको विश्लेषण गरिएको छ।





Source link

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ