Skip to main content

रास्वपा : दुईतिहाइ बहुमत पुगे संविधान संशोधन गर्न कति सहज, कति कठिन


जनकपुरमा आयोजित चुनावी सभामा बालेन शाह र रवि लामिछाने

तस्बिर स्रोत, Reuters

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्र – २०८२ मा संविधान संशोधनलाई प्राथमिकतामा राखिएको छ।

त्यसमा भनिएको छ, “सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे बहसपत्र तयार गर्ने छौँ।”

प्रारम्भिक छलफलका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूपजस्ता विषय बहसपत्रमा रहने वाचापत्रमा उल्लेख छ।

सरकार बनाउन स्पष्ट बहुमत निश्चित भइसके पनि संविधान संशोधन गर्न आवश्यक दुईतिहाइ बहुमतसम्म पुग्छ कि पुग्दैन भन्ने चासो अहिले जारी समानुपातिक मतगणनामा पुगेर अडिएको छ। यसअघिको सरकारले पनि संविधान संशोधन गर्ने भनेको थियो।

तर कानुनका प्राध्यापक तथा संविधानविद् विपिन अधिकारीका भनाइमा प्रस्तावकको राजनीतिक हैसियत बलियो नभएकाले त्यो सैद्धान्तिक अवधारणा जस्तो मात्र थियो। “अबको सरकार बलियो हैसियतमा आउँछ, त्यसले उक्त प्रक्रियालाई अघि बढाउने अवस्था आउन सक्छ,” उनी भन्छन्।





Source link

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ