Skip to main content

इरानमा अमेरिकी-इजरेली हमला: अमेरिकाले इरानको खार्ग द्वीपलाई किन निशाना बनायो?

खार्ग द्वीप इरानी तटबाट २८ किलोमिटरको दूरीमा छ

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए।

इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको उक्त टापुलाई तेहरानको अर्थव्यवस्थाको जीवनरेखा मानिन्छ।

ट्रम्पले खार्ग टापुका सैन्य ठेगानाहरू “पूर्ण रूपमा ध्वस्त” भएका तर तेलसम्बन्धी पूर्वाधारलाई निशाना नबनाइएको पनि उल्लेख गरे।

तर इरान वा अरूले इरानी तटको दक्षिणमा अवस्थित विश्वको सबैभन्दा महत्त्वपूर्ण ढुवानी मार्गमध्येको हर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवतजावतमा “कुनै हस्तक्षेप गरे” खार्ग द्वीपका तेलसम्बन्धी पूर्वाधारहरूलाई निशाना नबनाउने निर्णयमा पुनर्विचार गरिने उनको चेतावनी थियो।

त्यसको प्रतिक्रियामा इरानी सेनाले खार्गका तेल पूर्वाधारहरूमा आक्रमण भए अमेरिकासँग सहकार्यमा रहेका कम्पनीका तेल र ऊर्जा पूर्वाधार “तुरुन्तै नष्ट” गरिने बताएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ