Skip to main content

मध्यपूर्व तनाव: ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षामा सहयोग खोजिरहँदा इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकी दूतावासको आग्रह

बग्दादका भवनहरू जसमध्ये केहीको माथि धुवाँको मुस्लो देखिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बग्दादमा भवनहरूबाट धुवाँ निस्किँदै गरेको देखिन्छ

पढ्ने समय: ४ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षामा सहयोगीहरूको साथ खोजिरहँदा बग्दादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई “तत्काल” इराकबाट बाहिरिन भनेको छ।

शनिवार दूतावासको भवनमा क्षेप्यास्त्र प्रहार भएका विवरणहरू आएका थिए।

दूतावासले त्यहीँ बस्ने विचारमा रहेकाहरूलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको छ।

“इरान र ऊसम्बद्ध आतङ्कवादी मिलिशिया समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि ठूलो खतरा पैदा गरेका छन्। अमेरिकी नागरिक, हित र महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमणहरू भएका छन्,” दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

ट्रम्पको अपील

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति ट्रम्प (फाइल)

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सहयोगी देशहरूले हर्मुज स्ट्रेटको सुरक्षाका निम्ति साथ दिनुपर्ने अपील दोहोर्‍याएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ