Skip to main content
कुलमानले भने- जनादेशविपरीत वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्दिनँ

कुलमान घिसिङले भने- जनादेशको विपरीत वैकल्पिक बाटोबाट मन्त्री बन्ने सोच छैन

१० चैत, काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिताबारे भइरहेका चर्चाहरुलाई अस्वीकार गर्दै, जनादेशविपरीत आफू मन्त्री नबन्ने स्पष्ट पारेका छन्। मंगलबार साँझ फेसबुकमार्फत उनले उज्यालो पार्टीलाई सशक्त बनाउने कार्यमा ध्यान केन्द्रित गर्ने बताए।

‘जनताबाट प्राप्त जनादेशविपरीत कुनै पनि वैकल्पिक माध्यमबाट सांसद भएर मन्त्री बन्ने कल्पना गर्न सक्दिन,’ अध्यक्ष घिसिङले लेखेका छन्, ‘यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल पनि भएको छैन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु।’

उनी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट सिक्दै अगाडि बढ्न इच्छुक रहेको व्यक्त गरे। ‘उज्यालो नेपाल पार्टीलाई अझ सशक्त बनाउन लागिपरेको छु। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता अडिग छ,’ घिसिङले भने।

आफ्नाविरुद्ध फैलाइएका गलत प्रचार र अफवाहप्रति भ्रमित नहुन उनले अनुरोध गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ