
काठमाडौंको कपन क्षेत्रमा १४ वर्षीय बालक बेपत्ता
काठमाडौंको कपन क्षेत्रबाट गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि युवराज कार्की नामका बालक सम्पर्कविहीन भएका छन्। उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजतलासका लागि निवेदन दिएका छन्। प्रहरीले बालकलाई अन्तिम पटक महांकाल ओरालोमा देखिएको उल्लेख गर्दै फेला पार्न नजिकैको प्रहरी चौकी वा दिइएका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। ८ वैशाख, काठमाडौं।
काठमाडौंको कपन (मुस्कानचोक) क्षेत्रबाट १४ वर्षीय एक बालक बेपत्ता भएका छन्। उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन रहेको उनका परिवारले बताएका छन्। युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ भएका, कालो कपाल र कालो टी-शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन्।
उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजका लागि निवेदन दिएका छन्। मातहतका प्रहरी कार्यालयहरूमा खोजी गराउन सर्कुलर पनि गरिएको कपन प्रहरी प्रभागले जनाएको छ। परिवारका अनुसार, बालक कक्षा ८ मा अध्ययनरत थिए। उनलाई अन्तिम पटक महांकाल ओरालो क्षेत्रमा देखिएको प्रहरी जनाएको छ।
उक्त बालकलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी वा ९८४९११५५२२, ९८५१२४५५२२, ९८४९०६९५५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।