
सुकुम्वासी मोर्चाका महासचिवसहित तीनजना पक्राउ
१२ वैशाख, काठमाडौं। राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कुँवरसँगै मोर्चाका सल्लाहकार दानबहादुर कामी र दिनेश सुनार पनि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष्ण खड्काले शुक्रबार तिनलाई पक्राउ गरिएको जानकारी दिएका छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।
त्यसैगरी, शुक्रबारै मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमी नामले चिनिने नारायण परियार पनि पक्राउ परेका थिए। उनीमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।