Skip to main content
Advertisement1200×100-inside-1
डडेल्धुरामा झाडापखला लागेका बालकको मृत्यु – Online Khabar

डडेल्धुरामा झाडापखलाका कारण ७ वर्षका बालकको मृत्यु

डडेल्धुरामा झाडापखला लागेका ७ वर्षका बालक युवराज बुढामगर उपचारका क्रममा बाटोमै निधन भएका छन्। स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले झाडापखलाका कारण मृत्यु भएको पुष्टि गरेका छन्। मृतककी आमा र अन्य तीन बालबालिकाको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

१३ वैशाख, धनगढी। डडेल्धुरामा झाडापखला लागेका बालकको निधन भएको छ। परशुराम नगरपालिका–२ का ७ वर्षीय युवराज बुढामगरको यो मृत्यु हो। स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले नगरपालिकाको स्वास्थ्य शाखाबाट प्राप्त जानकारी उद्धृत गर्दै बुढामगरको झाडापखलाका कारण मृत्यु भएको बताए।

Advertisement1200×100-inside-1

उनका अनुसार बालकले उबालेको आलु खाएपछि झाडापखला लाग्न थाल्यो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको पुष्टि भएको छ। मृतककी आमा र अन्य तीन बालबालिकाको भने जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य कार्यालयका अनुसार अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।