Skip to main content

बल्खुका स्थानीय बासिन्दाहरूले अनधिकृत संरचना हटाउने कार्यप्रति असन्तोष व्यक्त गरे

बल्खु क्षेत्रका स्थानीय बासिन्दाहरूले अनधिकृत संरचना र सुकुमवासि बस्ती हटाउने प्रक्रियाप्रति गम्भीर असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्। अम्बिका पुरीले पूर्वसूचना नदिइ बस्ती हटाउने प्रयास गरिएको र विकल्पको व्यवस्था नगरी सडकमा पुर्‍याइएको आरोप लगाएकी छिन्। उनले महानगरपालिकाले कुनै पनि पूर्वब्यवस्था नगरेको र डोजर चलाउँदा धनमालमा क्षति पुगेको पनि जानकारी दिइन्। १८ वैशाख, काठमाडौं।

अनधिकृत संरचना र सुकुमवासि बस्ती हटाउने प्रक्रिया अघि बढाउँदा बल्खुका स्थानीयहरूमा तीव्र असन्तोष र आक्रोश देखा परेको छ। बल्खुस्थित सुकुमवासि बस्तीमा सात जनाको परिवारसहित बसोबास गर्दै आएकी अम्बिका पुरीले पूर्वसूचना नदिइ अचानक बस्ती हटाउन खोजिएको भन्दै आफ्नो पीडा व्यक्त गरिन्। उनले भनिन्, “विकल्पको व्यवस्था नगरी हामीलाई सडकमा पुर्‍याइएको छ।”

पुरीले विगतमा धेरै मेहनत गरेर बसोबासको उचित व्यवस्था मिलाएको उल्लेख गर्दै सुकुमवासि बस्ती भत्काउनु अघि सही व्यवस्थापन वा अर्को सुरक्षित स्थानको व्यवस्था हुनुपर्ने माग गरिन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै पहिले केही राम्रो काम हुने आशा गरिए पनि अहिले आफूहरू ठूलो समस्या र निराशामा परेका बताइन्। उनले थपिन्, “हामीलाई कुनै पनि जानकारी नै दिइएको थिएन। यदि जानकारी दिइएको भए कम्तीमा पनि आफ्ना सामानहरू सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ