Skip to main content

डोल्पामा जिप दुर्घटना, १२ घाइते; तीनको अवस्था गंभीर

२१ वैशाख, डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गंभीर रहेको छ। सोमबार साँझ, रुकुम पश्चिमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला खर्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। ब्रेक फेल हुँदा जिप दुर्घटना भएको कुरा मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिनुभएको छ।

उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गंभीर छ। ती घाइतेहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ। अन्य नौ घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्था मार्फत उपचार भइरहेको छ, वडाध्यक्ष बुढाले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय डोल्पाले घटनास्थलमा प्रहरी पुगेको र घटनाको विस्तृत विवरण संकलन गरिनुपर्ने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ