Skip to main content

स्वास्थ्य मन्त्रालयका निकायहरूमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति

५ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालय र त्यसका मातहतका निकायहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले ८ सय ४१ अतिरिक्त दरबन्दी सिर्जना गरी कर्मचारी पदपूर्ति गरेको छ। मन्त्रालयसँग सम्बन्धित सरकारी कार्यालय, बोर्ड तथा अस्पतालसहित ४६ निकायमा ४ हजार २७२ दरबन्दीहरू स्वीकृत छन् भने ४ हजार १८३ पदमा कर्मचारी कार्यरत छन्, र ८९ पद रिक्त छन्। तथापि मन्त्रालयले स्वीकृत संरचनाभन्दा बाहिर थप ८४१ दरबन्दी सिर्जना गरी थप कर्मचारी नियुक्त गरेको छ।
त्यसैगरी, मन्त्रालय मातहतका अस्पतालहरूले आन्तरिक स्रोतबाट तलब भुक्तानी गर्ने गरी नियुक्त गरेका कर्मचारीहरूको अभिलेख मन्त्रालयमा उपलब्ध छैन। नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७ (क) मा स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी तथा पदपूर्तिसम्बन्धी व्यवस्था उल्लेख छ। प्रतिवेदनले कानुनी व्यवस्थाअनुसार कार्य बोझको विश्लेषण गरी कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ