‘पत्रकार किशोर श्रेष्ठविरुद्ध षडयन्त्र र राज्यशक्तिको दुरुपयोग नगर्न आग्रह’

११ जेठ, काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि राज्यशक्ति दुरुपयोग गरी षड्यन्त्रपूर्वक धम्की र दबाब दिने प्रयास भएको समाचार बाहिरिएको छ। यसमा विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाउँदै यस्तो स्थिति योजनाबद्ध रुपमा पत्रकारहरुमाथि निगरानी गर्ने प्रयास भएको बताएका छन्। पत्रकारका दुई संस्था, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले सोमबार अलग-अलग विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका किशोर श्रेष्ठमाथि हाल समसामयिक रुपमा राज्यबाट निगरानी गरिरहेको जानकारी दिएका छन्। प्रेस चौतारी नेपालको महासचिव हिरामान लामाले जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार मानेर प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पत्रकार श्रेष्ठलाई धरपकड गरी स्रोत खुलाउन बाध्य पार्ने प्रयास गरिरहेको दाबी गरेका छन्। “राज्य शक्तिको आडमा सञ्चार माध्यम र वरिष्ठ पत्रकार श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षडयन्त्रहरू अलोकतान्त्रिक र स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष आक्रमण हो,” प्रेस चौतारीले उल्लेख गरेको छ।
त्यस्तै, प्रेस सेन्टर नेपालको महासचिव मनोज घर्तीमगरले पनि पत्रकार श्रेष्ठमाथि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट दुष्प्रचार र धम्की दिइएको उल्लेख गरेका छन्। केही दिनअघिदेखि एक विदेशी नागरिकसँग श्रेष्ठको संवाद भएको अडियो सार्वजनिक भएको छ। श्रेष्ठले उक्त अडियो नियोजित रूपमा तयार भएको दावी गर्नुभएको छ। जनआस्थाको कार्यालयमा रक्सीको बोतल र नगद रकम छोडिएको तथा समाचारका लागि आर्थिक प्रलोभन देखाइएको भन्ने विषयमा पनि उनी आपत्ति जनाइरहेका छन्। उक्त घटनाबारे जनआस्थाले सार्वजनिक गरेको समाचार यस्तो छ: शुक्रबार बिहान चिनियाँ नम्बरबाट आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई फोन गरिएको थियो। आफूलाई ‘यिङ’ नामले चिनाउने व्यक्तिले बेइजिङबाट फोन गर्दै पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङविरुद्ध समाचार लेख्न मनाएको र त्यसका लागि १० लाख रुपैयाँ नगद दिने प्रलोभन दिएका थिए। न त जनआस्थाबाट फोन गरेर रकम माग भएको थियो न त त्यो स्वीकार गरिएको छ। गिरोहले आफैंले फोन गरेर, ढोकामा रक्सी र रकम छाडेको हो। फोन गर्नेले सुधनलाई पुनः गृहमन्त्री हुनबाट रोक्न नेपालका सबै मिडिया परिचालन गर्नुपर्ने तर्क राखेका थिए। तर जनआस्थाले उक्त प्रस्ताव स्पष्ट अस्वीकृत गरेको र भविष्यमा फोन नगर्न चेतावनी दिएको थियो। त्यसपछि गिरोहले अर्को रणनीति अपनाउँदै एक युवतीमार्फत् सानेपा, ठाडोढुंगास्थित जनआस्था कार्यालयको गेटमा रक्सीको बोतल र ५० हजार रुपैयाँ छोडेको थियो। यसलाई आधार बनाएर झूटो कथा बुनेर सामाजिक सञ्जालमा भ्रम फैलाइरहेको छ। वास्तवमा, न जनआस्थाले कुनै फोनबाट रकम माग गरेको छ, न बुझाएको छ। गिरोहले आफैंले यो काम गरेको हो। प्रहरी अनुसन्धान सुरु भएपछि ‘एकाउन्ट डिएक्टिभेट’ गर्दै भ्रम फैलाउने प्रयास भइरहेको छ। शुक्रबार यस्ता क्रियाकलाप देखा परेपछि, पत्रकार श्रेष्ठले गत शनिबार ललितपुर प्रहरीले जानकारी गराएका थिए। उक्त घटनामा संलग्न व्यक्तिहरूको कारबाही माग गर्दै उनले उजुरी समेत दिइरहेका छन्, जुन ललितपुर प्रहरीले पुष्टि गरेको छ। दुवै पत्रकार संगठनहरूले पत्रकार श्रेष्ठमाथि लागेको आरोपहरूको निष्पक्ष छानबिनको माग राख्दै षडयन्त्र गर्नुमा संलग्न दोषीहरूलाई कानुनी कारबाही भइन् भन्ने अनुरोध गरेका छन्। तिनीहरूले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न र श्रमजीवी पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की, प्रतिशोध र अवाञ्छित हस्तक्षेप तुरुन्त बन्द गरिनुपर्ने चेतावनी दिएका छन्। यो विषय सामाजिक सञ्जालमा पनि भाइरल भएपछि आइतबार नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गरी घटनामा संलग्नहरूलाई कारबाही गर्न आग्रह गरेका थिए। “हामी सम्बन्धित नेपाली निकायहरूलाई उक्त हल्लाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न तथा यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न आग्रह गर्दछौं,” चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्। चिनियाँ दूतावासले भने उक्त आरोपहरूलाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्दै चीनको छवि बिगार्ने उद्देश्यले नियोजित प्रचार भएको दावी गरेको छ। दूतावासले चीनले सधैं “अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त” पालना गर्दै आएको र नेपालको सार्वभौमसत्ता, राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्दै आएको जनाएका छन्।

