Skip to main content

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति ९ सदस्यीय बनाउन सरकारको प्रस्ताव

सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य संख्या ७ बाट ९ मा वृद्धि गर्ने प्रस्ताव ल्याएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा संशोधन गर्न तयार पारिएको विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता भइसकेको छ। यस विधेयकअनुसार हाल ३ जना रहेका गैरकार्यकारी स्वतन्त्र सञ्चालकहरूलाई ५ जना पुर्याउने प्रस्ताव गरिएको छ।

१२ जेठ, काठमाडौं। सरकारले राष्ट्र बैंक सञ्चालक समितिको सदस्य संख्या बढाउने प्रस्ताव अघि सारेको छ। यस अनुसार वर्तमान ७ सदस्यीय केन्द्रीय बैंकको सञ्चालक समिति ९ सदस्यीय गर्ने योजना छ। सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ मा संशोधन गर्न तयार पारेको विधेयक अनुसार ९ सदस्यीय सञ्चालक समिति गठन गर्ने परिकल्पना गरिएको छ। उक्त विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेको छ।

विधेयकमा उल्लेख छ, ऐनको दफा २० अनुसार योग्यता पुगेका व्यक्तिहरूबाट विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल सरकारले नियुक्त गर्ने ५ जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक रहनेछन्। यसअघि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय र वाणिज्य कानुनका क्षेत्रहरूमा प्रख्यात ३ जना गैरकार्यकारी सञ्चालक नियुक्त गरिएका थिए। केन्द्रीय बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर रहनेछन् भने सदस्यहरूमा अर्थ सचिव र दुई डेपुटी गभर्नर रहने व्यवस्था छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ