Skip to main content

नेपाल थारू संघको पहिलो महाधिवेशन आज हुँदै, गगन थापाले उद्घाटन गर्ने

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारू संघको पहिलो महाधिवेशन आज आयोजना हुँदैछ। थारू संघले शनिबार आफ्नो पहिलो महाधिवेशन गर्न लागेको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्नेछन्। उनको भनाइअनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ। थारू संघ नेपाली कांग्रेसको नयाँ भ्रातृ संस्थामध्ये एक हो। यस संघले २०७९ साल साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता प्राप्त गरेको हो। हाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष शिवनारायण महतो गुरौ रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ