Skip to main content

आज विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक

१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा रहेको छ। त्यसैगरी, युरोपेली युरोको खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्री दर १७६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्टर्लिङको खरिद दर २०३ रुपैयाँ ६३ पैसा र बिक्री दर २०४ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्कको खरिद दर १९० रुपैयाँ ५३ पैसा र बिक्री दर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ०१ पैसा र बिक्री दर १०७ रुपैयाँ ४४ पैसा, क्यानडियन डलरको खरिद दर १०८ रुपैयाँ ५७ पैसा र बिक्री दर १०९ रुपैयाँ, सिङ्गापुर डलरको खरिद दर ११८ रुपैयाँ २५ पैसा र बिक्री दर ११८ रुपैयाँ ७२ पैसा तोकिएको छ। जापानी येनको खरिद दर १० को लागि ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ४६ पैसा र बिक्री दर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियालको खरिद दर ४० रुपैयाँ ४७ पैसा र बिक्री दर ४० रुपैयाँ ६३ पैसा रहेको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर ४ रुपैयाँ ६४ पैसा र बिक्री दर ४ रुपैयाँ ६६ पैसा, युएई दिरामको खरिद दर ४१ रुपैयाँ ३५ पैसा र बिक्री दर ४१ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वनको खरिद दर १०० को लागि १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा, स्विडिश क्रोनरको खरिद दर १६ रुपैयाँ ०७ पैसा र बिक्री दर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ५१ पैसा र बिक्री दर २३ रुपैयाँ ६० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १९ रुपैयाँ ३८ पैसा र बिक्री दर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनारको खरिद दर ४९४ रुपैयाँ ३२ पैसा र बिक्री दर ४९६ रुपैयाँ २७ पैसा, बहराइन दिनारको खरिद दर ४०२ रुपैयाँ ८१ पैसा र बिक्री दर ४०४ रुपैयाँ ४० पैसा, ओमानी रियालको खरिद दर ३९४ रुपैयाँ ४७ पैसा र बिक्री दर ३९६ रुपैयाँ ०३ पैसा रहेको उल्लेख गरेको छ। भारतीय रुपैयाँको खरिद दर एक सयको लागि १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ