Skip to main content

नेपाली पौडी टोली एसियाडको तयारीका लागि भारतमा प्रशिक्षण लिने

नेपाली पौडी टोली २०औं एसियाली खेलकुदको तयारीका लागि भारतको बेंगलुरुमा एक महिनासम्म प्रशिक्षण गर्ने तयारीमा छ। सात सदस्यीय टोलीमा पाँच खेलाडी रहेका छन् र टोली शनिबार भारत प्रस्थान गर्नेछ। राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार टोलीलाई बिदाइ गरेका छन्।

खेलाडीमध्ये पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ रहेका छन् भने महिलातर्फ डुवाना लामा र आर्या महर्जन छन्। प्रशिक्षक रत्नलाल महर्जन रहँदा व्यवस्थापकको जिम्मेवारी शिरीष गुरुङले सम्हाल्नेछन्। २०औं एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ।