
नेपाल टप एन्ड टी-२० सिरिजमा एसीटी कोमेट्ससँग भिड्दै
समाचार सारांश: टप एन्ड टी–२० सिरिजमा नेपाल आज आफ्नो चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कोमेट्ससँग दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्दैछ। प्रारम्भिक दुई खेलमा पराजित नेपालले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई पराजित गर्दै आफ्नो पहिलो सफलता हासिल गरेको थियो। एसीटी कोमेट्सले ३ खेल खेलेपछि किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकसँग हार भोगेको छ।
१० भदौ, काठमाडौं। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको चौथो खेलमा नेपालले आज एसीटी कोमेट्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा नेपाल ए ले शुरुआतका दुई खेलमा पराजय भोगेकाले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई हराएर पहिलो जित हात पारेको थियो। एसीटी कोमेट्स अहिलेसम्म जितविहीन छ र ३ खेल खेलेमा किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकबाट पराजित भइसकेको छ।
मुख्य प्रथम श्रेणी ‘सेफिल्ड सिल्ड’ प्रतियोगितामा सहभागी नभए पनि एसीटी टोलीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी र राष्ट्रिय विकासमूलक प्रतियोगिताहरूमा आफ्नाे प्रभाव देखाउँदै आएको छ। विशेषगरी ‘टोयोटा नेसनल सेकेन्ड इलेभेन’ प्रतियोगिता र डार्विनमा आयोजना हुने टप एन्ड जस्ता प्रतिष्ठित कार्यक्रममा यो टोली सक्रिय रुपमा प्रतिस्पर्धा गरिरहेको छ।
कप्तान निक ब्रोएसको नेतृत्वमा रहेको टोलीमा विस्फोटक ब्याटिङका लागि परिचित ह्यारी थोमस, दक्ष अलराउन्डर टाइलर भ्यान लुइन र जेक स्मिथजस्ता खेलाडीहरू रहेका छन्।
नेपालको टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल।
एसीटी कोमेट्सको टोली: निक ब्रोएस (कप्तान), निक एलेन, काई ब्रन्कर, डेभ दुवे, टम होगन, डिक्सन हन्टर, ज्याक किओग, ज्याक मरोन, जित मेहता, एसाम रहमान, जेक स्मिथ, ह्यारी थोमस, अन्श तिवारी, र टाइलर भ्यान लुइन।