Skip to main content

साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य तोकेको छ

एसीसी प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको विजय लक्ष्य पाएको छ। साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्च गर्दै ३ विकेट लिए। नेपालले आजको खेल जिते एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ।

२१ भदौ, काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनायो। साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए भने मोहम्मद आतिफले ३० रन र मोहम्मद हिशम शेखले १८ रन योगदान दिए। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट हात पार्दै प्रभावशाली प्रदर्शन गरे। दीपेन्द्रसिंह ऐरीले ३ तथा शेर मल्लले १ विकेट लिए। आजको खेल जिते नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ।