Skip to main content

विशाल श्रेष्ठ बने नेपालका लागि २०औं एसियन गेम्समा ‘सेफ दि मिसन’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता जापान नजान पाएपछि परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलाई २०औं एसियन गेम्समा नेपालको ‘सेफ दि मिसन’ तोकिएको छ। २०औं एसियन गेम्स आज जापानमा उद्घाटन हुँदैछ। ३ असोज, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलाई नेपालका लागि २०औं एसियन गेम्समा ‘सेफ दि मिसन’ नियुक्त गरिएको छ। राखेपका सदस्य सचिव रामचरित्र मेहता कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीका कारण जापान जान नसकेपछि उक्त जिम्मेवारी विशाल श्रेष्ठलाई सुम्पिएको हो। कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ सम्म चल्नेछ।