
महिला भलिबलमा नेपाल हङकङसँग पराजित, ११औं स्थानका लागि भिडन्त गर्ने
२०औं एसियन गेम्सअन्तर्गत महिला भलिबल क्लासिफिकेशन खेलमा नेपालले हङकङसँग ३-० सेटमा पराजय व्यहो¥यो। जापानस्थित ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा हङकङले पहिलो सेट २५–२० तथा दोस्रो सेट २५–१९ को फरकले जित प्राप्त गर्यो। तेस्रो सेट प्रतिस्पर्धात्मक रह्यो, जहाँ हङकङले नजिकको २८–२६ को अंकले विजय हात पार्दै खेल आफ्नो पक्षमा पुर्यायो। अब नेपालले फिलिपिन्स र मंगोलियामध्ये हार्ने टोलीसँग ११औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। ५ असोज, काठमाडौं।