इरानी मुद्रा रियाल अमेरिकी डलरसँगको तुलना इतिहासकै सबैभन्दा कमजोर अवस्थामा

इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। इरान उच्च मुद्रास्फीति र कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको बेला रियालको मूल्यमा ठूलो गिरावट आएको छ। इरानको स्वतन्त्र विदेशी मुद्रा बजार अनुगमन गर्ने वेबसाइट पसिजी डटकमका अनुसार स्वतन्त्र बजारमा अमेरिकी डलरको बिक्री मूल्य कीर्तिमानी रूपमा २३ लाख रियालसम्म पुगेको छ।
अमेरिकाले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानमाथि थप प्रतिबन्ध लगाइसकेपछि रियालमा तीव्र गिरावट देखिएको हो। यी प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा तेहरानलाई अझ आर्थिक रूपमा अलग्गिने लक्ष्य राखेको बताइएको छ। इरानको वार्षिक मुद्रास्फीति दर ६१.४ प्रतिशत पुगेको छ। आधिकारिक तथ्यांक अनुसार खाद्य पदार्थहरूको मूल्य एक वर्षमा १२८.१ प्रतिशतले वृद्धि भएको छ।






