स्ट्यान्फर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल डाइसरोथले नोबेल पुरस्कार जितेको खबर आफ्ना परिवारसँग बाँड्दै गरेको यो भिडियो हो। २०२६ को पहिलो नोबेल पुरस्कार फिजियोलोजी/चिकित्सा क्षेत्रका लागि अमेरिकाका कार्ल डाइसरोथ तथा उनका दुई जर्मन सहकर्मी पिटर हेगेमान र गेयोर्ग नागेललाई अप्टोजेनेटिक्समा पुर्याएको महत्वपूर्ण योगदानका कारण प्रदान गरियो।
अप्टोजेनेटिक्स प्रविधिले जीवित मस्तिष्कभित्र स्नायु कोशिकाहरूलाई नियन्त्रित र अनुगमन गर्ने क्षमता प्रदान गर्छ। नोबेल समितिले यी तीन वैज्ञानिकहरूले “न्यूरोसाइन्समा नयाँ युगको आधारशिला” तयार पारेको उल्लेख गरेको छ।