Skip to main content
Advertisementxtreme adv

भारतमा दुई टाउका भएको दुर्लभ ‘वुल्फ स्नेक’ को उद्धार

भारतको गुजरात राज्यको एउटा गाउँमा दुर्लभ मानिने दुई टाउका भएको ‘वुल्फ स्नेक’ प्रजातिको सर्प फेला परेको छ। यस सर्पका चारवटा आँखा रहेका छन्। उद्धार गर्ने टोलीका अनुसार, यस सर्पले शिकार गर्न सक्दैन र आफूमाथि हमला भएपछि छिटो भाग्न पनि सक्दैन। यसको स्नायुप्रणाली अन्य सर्पहरूको भन्दा भिन्न रहेको छ। सो क्षेत्रमा यो प्रजातिको सर्प पहिलो पटक देखिएको विश्वास गरिन्छ।