Skip to main content
Advertisementxtreme adv

२०औं एसियाडमा पदक जित्ने तेन्जिङ र कबड्डी खेलाडीलाई कति पुरस्कार दिइने?

समाचार अनुसार, मन्त्रीपरिषद्ले एसियाडमा कांस्य पदक विजेताहरुलाई नगद पुरस्कार दिने निर्णय गरेको छ। नियमअनुसार व्यक्तिगत कांस्य पदक विजेताले १३ लाख र समूहगत खेलाडीले ३ लाख ९० हजार पाउने व्यवस्था छ। तर छनोट चरण पार गरी पदक जितेकाहरुलाई मात्र नियम लागू भएकाले तेन्जिङले ६ लाख ५० हजार र कबड्डी खेलाडीले १ लाख ९५ हजार पाउनेछन्।
तेन्जिङका प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार मात्र पाउनेछन्। कबड्डी टिमकी मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार र सहायक प्रशिक्षक लोक बहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५ हजार पाउनेछन्।
२३ असोज, काठमाडौं। जापानको आइची-नागोयामा सम्पन्न २०औं एसियन गेम्स (एसियाड) मा नेपाललाई कांस्य पदक दिलाएका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टिमका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले खेलकुद विकास नियमावली अन्तर्गत नगद पुरस्कार पाउने भएका छन्। शुक्रबारको मन्त्रीपरिषद् बैठकले कांस्य पदक विजेताहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समिति बैठकले सिफारिस गरेपछि सरकारले पुरस्कार दिने निर्णय लिएको बताइएको छ।