Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनभिडियाले कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मा दिएको छ

Advertisement800×200-1

टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ। क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत छिन्। उनले जेन्सेन हुआङले निर्माण गरेको असाधारण आधारलाई अझ अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छन्।
कम्पनीको सञ्चालक समितिका अनुसार उनले कम्पनीको वित्तीय विभागको नेतृत्व गरेकी छन् र विकास तथा रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। एनभिडियामा आबद्ध हुनुअघि क्रेसले सिस्को र माइक्रोसफ्ट लगायतका प्रमुख प्रविधि कम्पनीहरूमा वित्तीय क्षेत्रमा झन्डै २५ वर्ष काम गरेकी छन्। अन्तरिम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि क्रेसले भनेकी छन्, “एनभिडियाको शक्ति सधैँ यसका कर्मचारीहरूबाट आएको छ। हाम्रो नेतृत्व टोलीसँग मिलेर, विगत ३३ वर्षमा जेन्सेनले निर्माण गरेको असाधारण आधारलाई अझ अगाडि बढाउन म प्रतिबद्ध छु।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर