Skip to main content
Advertisementxtreme adv

साउदीको तेल रिफाइनरीमा हुथी समूहद्वारा ड्रोन आक्रमण

हुथीहरूले साउदी अरबको सरकारी कम्पनी साउदी अरामको जाजानमा रहेको तेल रिफाइनरीमा थुप्रै ड्रोनहरू प्रयोग गरी आक्रमण गरेका छन्। हुथी नियन्त्रणको साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यस आक्रमण भएको पुष्टि गरेको छ। उक्त सैन्य स्रोतले समाचार एजेन्सीलाई बताएका छन्, ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूद्वारा आक्रमण गरेका छन्।’ २ भदौ, काठमाडौं। स्रोतका अनुसार यो आक्रमण यमनका सादा र हज्जाह गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको जवाफमा गरिएको थियो। विद्रोहीहरूले भनेका छन्, ‘यो आक्रमण सादा र हज्जाहका यमेनी गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको प्रतिक्रियामा गरिएको हो।’