Skip to main content
Advertisementxtreme adv

सिङ्गापुरमा बालिकाको टाउकामा छोएपछि वृद्धमाथि आक्रमण

सिङ्गापुरमा ७३ वर्षका एक वृद्धले अनजान बालिकाको टाउको छोएपछि पैदा भएको स्थितिको दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ। भिडियोमा ती वृद्धलाई ‘फूड कोर्ट’मा त्यो बालिकाको टाउको छोएको देख्न सकिन्छ। त्यतिबेला बालिकाकी आमा ठानिएकी एक महिलाले उनलाई रोक्न खोज्दा त्यसपछि एउटा पुरुषले ती वृद्धसँग विवाद थाले।

त्यो पुरुष बालिकाका पिता भएको अनुमान गरिएको छ। यो घटना सिङ्गापुरमा अहिले व्यापक चर्चा र बहसको विषय बनेको छ। धेरैले पुरुषको वृद्धमाथि आक्रमण गर्ने कार्यको आलोचना गरेका छन् भने कतिपयले बालिकाका आमाबाबुको सहमति बिना यस्तो सम्पर्क गर्नु अनुचित भएको बताएका छन्। प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।