Skip to main content

एनसेल र एनटीसीबीच १० मिनेटको कल अवरोधको कारण के हो?

समाचार सारांश: एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेटका लागि अवरोध देखियो। कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देश देखिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए। लामिछानेले प्राविधिक समस्या पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताए। २ भदौ, काठमाडौं । एनसेलबाट नेपाल टेलिकम (एनटीसी)को नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध भएको थियो। एनसेलबाट एनटीसीमा कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देशसहित फोन सम्पर्क हुन नसक्ने समस्या देखियो। यस समस्याका कारण केही समय सेवाग्राहीहरू प्रभावित बनेका थिए। अहिले उक्त समस्या पूर्णरूपमा समाधान भइसकेको छ। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले प्राविधिक समस्या आएको पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताए। ‘हाम्रो प्राविधिक टोलीले कारण पत्ता लगाउँदै छ। करिब १० मिनेट अवरोध देखिएको थियो,’ उनले भने।