
एनसेलले मंगलबारदेखि १९८ गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय बहिर्गमन कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन २२ मा दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नयाँ पल्स दर स्वीकृत गरेको थियो।
यो नयाँ पल्स दर लागू भएका मुलुकहरूमा अस्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्यूजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रसिया, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबिया लगायतका गन्तव्यहरू समावेश छन्।
नयाँ पल्स दर लागू भएका सबै मुलुकहरूको पूर्ण सूची, कल र एसएमएस शुल्क एनसेलको वेबसाइटको ‘इन्टरनेसनल कल एन्ड एसएमएस रेट’ भागमा उपलब्ध छ।






